राष्ट्र बैंकद्धारा ११ लघुवित्तलाई कारबाही

२९ श्रावण २०७८, शुक्रबार १७:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

यी ११ संस्थाहरुले आर्थिक वर्ष २०७६/०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई हर्जाना लगाएको हो ।

निक्षेप दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दाद अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा संस्थाहरुले आव २०७६/०७७ अनिवार्य रुपमा अनुपात कायम नगरेकाले जरिवाना लगाई कारबाही गरेको हो ।

बैंकले एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, विपिडव्लयु लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, गरिवी न्यूनीकरण लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हर्जाना लगाएको हो ।

One thought on “राष्ट्र बैंकद्धारा ११ लघुवित्तलाई कारबाही

  1. Nabin k c says:

    good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*