राष्ट्र बैंकद्धारा ९९३ ऋणीको ५२ अर्व कर्जाको ग्रेस अवधि थप

२९ श्रावण २०७८, शुक्रबार १७:२७

काठमाडौं । कोभिड–१९ को कारण परियोजना निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जाको ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था गरिएकोमा ९९३ ऋणीको जम्मा रु. ५२ अर्व कर्जाको ग्रेस अवधि थप भएको छ । राष्ट्र बैंकले मैद्रिक निति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक जम्मा रु. ५२ अर्व कर्जाको ग्रेस अवधि थप भएको छ । यसमध्ये, न्यून प्रभावित १७४ ऋणीको रु. ३ अर्ब ९५ करोड कर्जा ६ महिना, मध्यम प्रभावित ३२१ ऋणीको रु. १८ अर्ब ४१ करोड कर्जा ९ महिना र अति प्रभावित ४९८ ऋणीको रु. २९ अर्ब ६३ करोड कर्जाको गे्रस अवधि १ वर्ष थप भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*