मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीको मागभन्दा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि आज (साउन ३१) गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।
कम्पनीको आइपीओमा शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।