गणपति लघुवित्तको संचालक परिवर्तन

३१ श्रावण २०७८, आईतवार ११:०१

काठमाडौं । गणपति लघुवित्तको वित्तीय संस्था लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जारी गरेको सूचनामा यस्तो जानकारी गराएको हो ।

साउन २८ गते बसेको संचालक समितिको ८४ औं बैठकले संस्थापक तर्फ गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लि. को तर्फबाट प्रतिनिधित्व हुने गरी अर्चना प्रधान र सर्वसाधारण तर्फबाट शिला राजभण्डारी तथा विशेषज्ञ संचालकमा निलिमा जोशी (नेवा) लाई नियुक्त गरेको हो ।

यसअहि सोही पदमा रहेका सजल मास्केले दिएको राजिनामा संचालक समितिको बैठकले स्वीकृत गरेपछि रिक्त रहेको सो पदमा प्रधान, राजभण्डारी र जोशीलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*