मिर्मिरे लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा
काठमाडौँ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको सञ्चित मुनाफा बाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
साउन ३० गते बसेको सञ्चालक समितिको बैंठकले हाल विद्यमान चुक्ता पूँजी ४३ करोेड ५० लाख ७१ हजारको आधारमा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेकोे हो ।
साथै कम्पनीले गत आव र अघिल्लो आव मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको हुदा शेयरधनिलाई बोनश शेयर वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांस भने प्रस्ताव गरेको छैन ।
त्यस्तै, उक्त लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भए पछि मात्र आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।