झण्डै ११ अर्ब चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकको खुद नाफा ३२ प्रतिशतले बृद्धि

३१ श्रावण २०७८, आईतवार १२:२९

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो चैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत असार मसान्तसम्मका बैंकले २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३२ दशमलव ३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म्का बैंकले २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बढी रहेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा साढे ४० प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ८० अर्ब ९२ करोड ४० लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २९ प्रतिशतले बढी हो । त्यस्तै, बैंकले गत आवमा १ खर्ब ५८ अर्ब ५४ करोड १८ लाख रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकले समिक्षा अवधिसम्मका १२ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पु¥याएकोमा जगेडा कोष ९ अर्ब ३० करोड २६ लाख रुपैयाँ बढी रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्ष १ दशमलव १६ प्रतिशत रहेको छ । अघिल्लो आवमा बैंकको यस्तो अनुपात १ दशमलव ३८ रहेको थियो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २५ दशमलव ८७ रुपैयाँ रहको छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*