मेगा बैंकद्धारा एकैदिन ५ नयाँ शाखा बिस्तार
काठमाडौँ । मेगा बैंकले एकै दिन ५ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहजै रुपमा बैकिङ सेवा दिने हितले एकै दिन ५ नयाँ शाखा संचलनमा ल्याएको हो ।
बैंकले मोरङ जिल्लाको विराजचोक, उदयपुर जिल्लाको गाइघाट, रौतहट जिल्लाको चन्द्रपुर, चितवन जिल्लाको सौराह र कास्की जिल्लाको गौरीघाटमा आफ्ना नयाँ शाखा बिस्तार गरेको हो । यी पाँचै शाखामा बैंकिङ सेवा सुरुवात आजैबाट भइसकेको बैंकले जनाएको छ ।
ग्राहकहरुलाई बैंकिङ सेवा दिने हितले बैंकले एक महिनामा मै १२ शाखा बिस्तार गरेको हो । हाल मेगा बैंकले देशभर १९० शाखा कार्यालयमा आफ्ना ग्राहकहरुलाई निरन्तर बैकिङ सेवा दिदै आइरहेकोे छ ।