३०% हकप्रद शेयर निष्काशनका लागि एक्सेल डेभलपमन्टले पायो बोर्डबाट अनुुमति

३१ श्रावण २०७८, आईतवार १५:५०

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको छ । बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।

बैंकले बोर्डमा हकप्रद शेयर निष्कासनका लागि जेठ २७ गते अनुमति माग गरेकोमा साउन ३१ गते मात्र अनुमति पाएको हो ।

प्रतिशेयर १ सय रुपैयाँ मूल्यमा २४ करोड ३३ लाख ३६ हजार ३६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो । बैंकले अब १०ः३ को अनुपातले हुुन आउने हकप्रद शेयर बिक्रीमा ल्याउने छ ।

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*