करिब १ अर्ब चुक्ता पूँजी रहेको ग्रामिण विकास लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन

३१ श्रावण २०७८, आईतवार १६:२९

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ९५ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५७३ दशमलव ४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ३३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब २३ करोड ९५ लाख ४७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब ३ करोड ५ लाख २१ हजार रुपैयाँ रहेको थियो । जुन गत आवको तुलनामा अघिल्लो आवको खुद व्याज आम्दानी २०.२८ प्रतिशतले कम हो ।

अघिल्लो आवमा कम्पनीको १ अर्ब १७ करोड ७ लाख २४ हजार रुपैयाँ कुल संचालन आम्दानी रहेकोमा गत आर्थिक वर्षमा बढेर १ अर्ब ४२ करोड ७७ लाख ३ हजार पुगेको छ । त्यस्तै, कम्पनीको संचालन मुनाफा पनि बढेर ४० करोड १२ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो मुनाफा २५ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ३५ प्रतिशत रहेको छ भने पुँजीकोष बढेर ९.१३ प्रतिशत कायम भएको छ । त्यस्तै, निक्षेपर कर्जा अनुपात २९ दशमलव ९९ प्रतिशत कायम भएको छ ।

कम्पनीको हाल चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोष बढेर ८२ करोड ३१ लाख ५० हजार पुगेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोष ५१ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*