मध्य भोटेकोशी जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

३२ श्रावण २०७८, सोमबार ०९:२८

काठमाडौं ।मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भएकोे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि साउन ३२ सम्म विक्री गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*