लुम्बिनी विकास बैंकको साढे २९ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको २९ हजार ५९२ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि दिएको आवेदन संचालक समितिले स्वीकृति गर्दै बिक्री प्रकृया अगाडि बढाएको हो ।
उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिसम्म कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्था लाई खुला गरी बिक्री प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ ।