ग्लोबल आइएमई लघुवित्तद्धारा पुरानो लाभांश लिन अनुरोध

३२ श्रावण २०७८, सोमबार ११:३६

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । कम्पनीको आव २०७२।०७३ देखिको लाभासं अझै पनि नलिएको भन्दै यथाशिघ्र लिन अनुरोध गरेको हो ।

लघुवित्तले पाँच बर्ष पुरानो लाभांस कतिपय शेयरधनिले अझै पनि नलिएको भन्दै सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र प्रमाणपत्रका साथ शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क गरी लिन आग्रह गरेको हो ।

साथै आर्थिक बर्ष २०७२।०७३ को नगद लाभांश रकम हितग्राही खाता अद्यावधिक गराउनुहुने शेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेकोले हितग्राही खाता अद्यावधिक गराउन र भौतिक शेयर हुने शेयरधनिहरुलाई शेयर अभौतिकीकरण गराउन कम्पनीले जनाएको छ ।

क्यापिटलको सेयर रजिष्ट्रारका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*