साधना लघुवित्तको ७७ औ शाखा विस्तार
काठमाडौेँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा बिस्तार गरेको छ । लघुवित्तले काठमाडौँ जिल्लाको नागर्जुनमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।
कोभिड महामारीबीच स्थापना गरिएको नयाँ शाखाले स्थानीय बासिन्दाको घरदैलो निक्षेप संकलन तथा कर्जा प्रवाह र वित्तीय सेवाहरु उपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै संस्थाले दिदै आएका सम्पूर्ण सेवा उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने छ ।
थप एक शाखा कार्यालय बिस्तार भए सँगै लघुवित्तका ७७ वटा शाखा कार्यालय पुगेका छन् ।
Good job