सिन्धु विकास बैंकको अधिकांंश सूचक चम्कियो, खुद नाफा सवा ३ करोड माथि

३२ श्रावण २०७८, सोमबार १६:०३

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१ दशमलव ३१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्मका बैंकले १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो आवमा १४ करोड ४३ लाख रहेको खुद ब्याज आम्दानी बढेर गत आवमा १६ करोड ९४ लाख बढी खुद ब्याज आम्दानी रहेको छ ।

समिक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ । अघिल्ला आवमा बैंकको यस्तो मुनाफा ५ करोड ७ लाख रुपैयाँ रहेको थियो । त्यस्तै संचालन मुनाफा पनि ९१.३१ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिसम्म २ करोड ३८ लाख रुपैयाँ संचालन मुनाफा रहेको गत वर्ष सोही अवधिसम्ममा ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

बैंकले ४ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

साथै बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । यस्तो कर्जा ५.४८ प्रतिशत पुगको हो । बैंकको रिजर्भको आकार पनि ५२.८३ प्रतिशतले बढेर ५ करोड ९० लाख रुपैयाँमा पुगेको छ ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) ५ं७२ रुपैयाँ रहेकोमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७०.१० गुणा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ११४.३२ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*