समृद्धि फाइनान्स र फेवा बजारबीच कर्जा प्रवाह सम्बन्धि सम्झौता

१ भाद्र २०७८, मंगलवार १२:१७

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच सम्झौता भएको छ । दुईपक्षबीच ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झाौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आचार्यले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब समृद्धि फाइनान्स र फेवा बजारका ग्राहकले ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् ।

साथै उक्त कर्जाले ग्राहकलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामाग्री खरिद गर्न सहज हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*