मेगा बैंकको ९ एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्थानान्तरण
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोउन्नति गर्दै शाखा कार्यालयमा स्थानान्तरण गरेको छ । बैंकले विभिन्न स्थानमा रहेका एक्सटेन्सन काउन्टर शाखा कार्यालयमामा रुपान्तरण गरेको हो ।
बैंकले शिवसताक्षी झापा, धनपालथान मोरङ , कोशी सुुनसरी, मिथिला बिहारी धनुुषा, नगराईन धनुषा, मालारानी अर्धाखांची, माथागढी पाल्पा, रुरु गुल्मी र शैल्यशिखर दार्चुलामा रहेका एक्सटेन्सन काउन्टर भदौ १ गतेबाट शाखा कार्यालयमा स्तरोउन्नति गरेको हो ।
अब यी सबै शाखाहरुबाट निक्षेप एव. कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा सुुविधा प्रांप्त गर्न सकिने बैंकले जनाएको छ । हाल देशभरका १९९ शाखा कार्यालय र २४ एक्सटेन्सन काउन्टरबाट बैंकले सेवा दिदै आइरहेको छ ।