नबिल बैंकमा एटिएमबाटै पैसा जम्मा गर्न सकिने

२ भाद्र २०७८, बुधबार १९:१९

काठमाडौैं । अब नबिल बैंकका एटिएमबाटै रकम झिक्न सक्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको हो ।

संचालनमा ल्याएको नबिल क्यास मेशिनबाट रकम जम्मा र झिक्न समेत मिल्ने भएको हो । आज उक्त मेशनको सुुरुवात नबिल बैकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुुरु गरेको छ ।

साथै बैंकका ग्राहकहरुले एकै पटकमा ९९ हजार ९ सय रुपैया र १ हजार ५ सय र १ सय नेपाली रुपैया जम्मा गर्न र झिक्न सक्नेछन् । ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी समेत गर्न सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*