नेष्डो समृद्ध लघुवितको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढ्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवितले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो आवमा ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर १६ करोड ३३ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको हालको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडामा ४२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।