न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथास्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा ३ सय ७३ जना आवेदकहरूले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका ३ सय ७३ जना आवेदकहरूले एक करोड २९ लाख ६२ हजार रूपैयाँ बराबरको एक लाख २९ हजार ६ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।