राधी विद्युत् कम्पनीद्धारा शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह

३ भाद्र २०७८, बिहीबार १४:२३

काठमाडौं । राधी विद्युत् कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह गरेको छ ।कम्पनीको २६.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूूचीकृत भएकोले बोनस शेयर बापत लाग्ने कर रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

शेयरधनीले कर बापतको रकम जम्मा गरे पछि मात्र शेयरधनीको खातामा बोनस शेयर जम्मा हुने भएकाले कर बापतको रकम कनेक्ट आइपिएस वा बैंक अफ काठमाडौको खाता०१०००००६३५१७५२४ मा जम्मा गर्न भनिएको छ ।

विद्युुतिय माध्यम मार्फत कर बुुझाउने शेयरधनिहरुले सोको भौचर कम्पनीको इमेलमा पठाउनु पर्न कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*