नेप्से १८ अंकले घट्यो, अरुण काबेली र अरुण भ्याली हाईड्रोपावरको १ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेप्से १८ दशमलव १७ अंकले घटेर ३१८१ दशमलव ८६ दशमलव १६ विन्दुमा कायम भएको छ।
नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ।आज अरुण काबेली हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अरुण भ्याली हाईड्रोपावरको १ अर्ब १५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
त्यस्तै, जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।