यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ।
आज अरुण काबेली हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अरुण भ्याली हाईड्रोपावरको १ अर्ब १५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।
त्यस्तै,नेशनल हाईड्रोपावर, रिदि हाईड्रोपावर, एचआईडिसिएल, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, ङादी गुप्र, ज्योति विकास बैंक र अपी पावरका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।