जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट, आज कमाउने र गुमाउने कम्पनी

३ भाद्र २०७८, बिहीबार १५:२०

काठमाडौं । आज पूूंजी बजारमा नेप्सेमा सूूचिकृत २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनेबेच हुदा २० अर्ब माथिको कारोबार भएको छ ।

आज जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको हो । साथै रिडि हाईड्रोपावर डेभलपमेन्टको ८.५९ प्रतिशत अकं, साना किसान विकास बैंकको ७.५१ प्रतिशत अकं, सिइडिबि हाईड्रोपावर डेभलपमेन्टको ६.९५ प्रतिशत अकं र यूनाइटेड इन्स्योरेन्स कम्पनीको ६.३२ प्रतिशत अकंले वृद्धि भएकोे हो ।


त्यस्तै आज गुमाउने कम्पनीहरुमा हाईड्रोपावर इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, पन्चकन्या माई हाईड्रोपावरको १० प्रतिशत अकंले घटेको हो । ङादी गु्रप पावरको ८.७६ प्रतिशत अकं र माउन्टेन हाईड्रो नेपालको ८.१८ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*