सिभिल बैंकको कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार
काठमाडौं । सिभिल बैंकले कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाको महेन्द्रनगरमा ११५ औं बिस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गरेका हुन । कोभिड–१९ लाई मध्यनजर गर्दै बैंकका केही कर्मचारी र अथितिको उपस्थितिमा कार्याक्रम सम्पन्न भएको थियो । उक्त शाखाले बैंकका ग्राहकहरुलाई सहजै रुपमा बैंकिङ सुविधा पुराउने विश्वास बैंकले राखेको छ ।