सांग्रिला डेभलपमेण्ट बैंकको २५ हजार ९११ कित्ता संस्थापक शेयर बिक्रिमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

४ भाद्र २०७८, शुक्रबार ०६:५६

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले २५ हजार ९११ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी कमलादेवी शर्मा र सरस्वती गुरुङको नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने लागेको हो ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संकलन गरेर केन्द्रिय कार्यालय बालुवाटारमा आइपुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।

बैंकले के कति शेयर खरिद गर्ने व्योहोरा समेत पेश गर्न आग्रह गरेको छ। बैंकले संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्तिलाई विक्री गर्ने बैंकले जानकारी गराएको छ ।साथै बैैंकले थप जानकारीका लागि बैंकको शेयर विभागमा सम्र्पक गर्न आग्रह गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*