ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क महिला स्वास्थ्य शिविर संचालनमा

४ भाद्र २०७८, शुक्रबार १६:४९

काठमाडौं । ग्लोबल आइएमई बैंकले निः शुल्क महिला स्वास्थ्य शिविर संचालनमा ल्याएको छ । बैंकले मेरी उनीलाई स्वास्थ नारी पहल अभियानको सञ्चालनमा ल्याएको हो ।

बैंकले नारी सशक्त बनाउने हितले नेपाल परिवार नियोजन संघसंगको समन्वयमा मेरी उनीलाई स्वास्थ नारी पहल अभियान अन्र्तगत सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविर गरेको हो । यसका साथै मेरी उनीलाई मुद्धति बचत खाता पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शिविरले ग्रामिण भेगका महिला तथा बालिकाहरुमा सकारत्मक प्रभाव जाने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*