हिमालयन रि काण्डमा परेपछि बीमा समितिका सञ्चालक किरण कुमार श्रेष्ठद्वारा पदबाट राजिनामा

२२ आश्विन २०७८, शुक्रबार १४:४७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाईसेन्स दिई तीन अर्बभन्दा बढि घोटाला काण्डमा विवादित भूमिकामा देखिएका सञ्चालक किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

बीमा समितिको सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको समेत शेयर भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने कार्यमा संलग्न श्रेष्ठलाई अर्थमन्त्रालयले ‘स्वार्थ बाझिने’ काम गरेको आरोप लगाएपछि राजिनामा दिएका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकका सिईओ श्रेष्ठ सहितका सञ्चालकहरु, बीमा समितिका अध्यक्ष तथा तत्कालिन अर्थमन्त्री विष्णु पौडेल समेतको संलग्नतामा तीन अर्ब रुपैयाँ भन्दा बढि घोटाला गरी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिइएको थियो । श्रेष्ठले आफै सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको ५० करोड रुपैयाँको शेयर भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिएका थिए ।

बीमापोष्टले हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स घोटाला काण्डमा सञ्चालक श्रेष्ठको स्वार्थ बाझिएको समाचार प्रकाशित गर्दै आएको थियो । स्वार्थ बाझिएको विषयमा अर्थमन्त्रालयमा नैतिक प्रश्न उठाएपछि श्रेष्ठले राजिनामा दिएको स्रोतले जनाएको छ ।

अन्य सम्बन्धित समाचार

हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै

हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*