ग्रिनहिल सिटीमा एक करोड फसेपछि सेन्चुरी बैंक तनावमा, रकम फिर्ता गर्न गैर कानुनी पत्राचार

२५ कार्तिक २०७८, बिहीबार १३:०७

काठमाडौं । सेन्चुरी बैंकले गैर कानुनी रुपमा प्रवाह गरेको ऋण सेटलमेन्ट गर्न ग्रिन हिल सिटीलाई दवाव दिइरहेको खुलेको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रिन हिल सिटीको इमाडोलस्थित १५ नम्वरको घर बिक्री गर्दा ऋणी शान्ता शर्माको नाममा दिएको ऋण ग्रिन हिल सिटीले दम्पच पारेपछि बैंक तनावमा परेको हो ।

बैंकका तत्कालिन पुतलीसडक शाखा, ग्रिन हिल सिटीका अध्यक्ष लोहनीको योजनामा गरिएको एक करोड घोटाला काण्डबारे बीमापोष्टले यसअघि नै समाचार सम्प्रेषण गरिसकेको छ । अन्यत्र बैंकमा धितो भएको जग्गा देखाएर ग्रिनहिल सिटीले त्रिपक्षिय सम्झौताको आधारमा सेन्चुरी बैंकबाट शान्ता शर्माको नाममा एक करोड रुपैयाँ ऋण लिएको थियो । सामाजिक अभियान्ता दीपेन्द्र कँडेलकी श्रीमती शान्ता शर्माको नाममा तीन करोड २२ लाख ३१ हजार मूल्य कायम गरिएको घर खरिदकर्ता अर्थात ऋणीले एक करोड ३ लाख रुपैयाँ बैना बापत भुक्तानी गर्ने, बैंकले एक करोड ३१ लाख रुपैयाँ ऋण प्रवाह गर्ने र ग्रिन हिल सिटीले ७ आना जग्गामा घर निर्माण गरी फिनिसिङ समेत गरेर हस्तान्तरण गर्ने सम्झौता थियो ।

सो सम्झौता बमोजिम बैंक र ग्रिनहिल सिटी दुवैले ठगी गरेको पीडित शान्ता शर्माका पति दीपेन्द्र कँडेलले बताए । ग्रिनहिल सिटीले तयार गनुपर्ने घर तयार पारेन भने बैंकले स्वीकृत भएको एक करोड ३१ लाख रुपैयाँ कर्जा भुक्तानी नगरी एक करोड मात्रै भुक्तानी गरेको बैंकको भनाई छ ।

तर उता, लोहन अध्यक्ष रहेको ग्रिन हिल सिटीले घर खरिदकर्ता शान्ता शर्मालाई बैंकले भुक्तानी नगरेको र टोकन बैना बापत भुक्तानी गरेको रकम बाहेक कुनै रकम प्राप्त नभएकोले बाँकी रकम भुक्तानी गरी घर पास गर्न पत्राचार गरेपछि बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा कर्जा दुरुपयोग गरेको पुष्टि हुन आएको छ ।

कर्जा दुरुपयोग भई ठगी काण्ड बाहिर आएपछि सेन्चुरी बैंकले सो लुकाउन अहिले भएभरको शक्ति लगाएर ग्रिनहिल सिटीसँग हार गुहार गरिरहेको छ । रोचक कुरा के छ भने सेन्चुरी बैंक यतिबेला ऋणीभन्दा फरक पक्ष अर्थात दोस्रो पक्षसँग आफूले गरेको भुक्तानी रकम माग गरिरहेको छ ।

बैंकले ऋणीसँग कर्जा असुल गनुपर्नेमा गैर ऋणीसँग ऋण बापत बुझेको रकम फिर्ता माग गरेको छ । बीमापोष्टलाई प्राप्त सेन्चुरी बैंकको पत्रमा ग्रिन हिल सिटीलाई धितो सुरक्षण नै नगरी एक करोड रुपैयाँ ऋण प्रवाह भएको स्वीकार गरिएको छ ।

सेन्चुरी बैंकमा भएको एक करोड घोटाला काण्डको सम्बन्धमा पीडित शान्ता शर्माका पति दीपेन्द्र कँडेलले नेपाल राष्ट्र बैंकमा उजुरी दिएको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*