के सांसद सोविता गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरे विवाहित हुन् ?

२० जेष्ठ २०८०, शनिबार २१:१४

काठमाडौं । अझ सांसद सोविताले विवाह गरेको भनिएका युवा गृहेन्द्र घिमिरे विवाहित रहेको तथ्य बाहिर आएको छ । यद्यपि उनको जेठी श्रीमतीको नाम बाहिर सार्वजनिक भइसकेको छैन । उनकी ग्रिष्मा घिमिरे नाम गरेकी एक छोरी रहेको तथ्य गृहेन्द्र आफैले स्वीकार गरेकोले उनी विवाहित भएको पुष्टि भएको छ । तर, सम्बन्ध बिच्छेद गरेर दोस्रो विवाह गर्न योग्य हुन वा होइनन् भन्ने कुरा भने खुल्न बाँकी छ । प्राप्त खवरमा यता सोवितासँग अफेयरर्स चलेपछि अमेरिका पुगेर सम्बन्ध बिच्छेद गरेको हल्ला समेत चलेको छ । यद्यपि सम्बन्ध बिच्छेद गरेको कुरा स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन ।

सांसद सोविता इमान्दार, नैतिकवान र क्षमता हुँदा हुँदै उनले केही दिन पहिले विवादास्पद र विवाहित गरिसकेका व्यक्तिसँग फूल माला लगाएर विवाह गरेपछि विवादमा तानिएकी छिन् । प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद गौतमले चितवन मंगलपुर घर भएका गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएको भन्दै सञ्चार माध्यममार्फत तस्विर सार्वजनिक गरिएको थियो ।

तर, सांसद सोविता गौतमले अर्की महिलाको श्रीमान खोसेको भन्दै आलोचना सुरु भएको छ । सांसद गौतमसँग विवाह गर्ने गृहेन्द्र घिमिरेले यसअघि नै विवाह गरेर सन्तानका बाबु बनिसकेको तथ्य उजागरसँगै सोवितामाथि पनि प्रहार सुरु भएको छ । गृहेन्द्र आफैले पनि १२ जनवरी २०१९ मा जनता टिभीमा दिएको एक अन्तर्वार्तामा आफू ग्रिष्मा नाम गरेकी छोरीको बाबु भएको स्वीकार गरेको भिडियो समेत फेला परेको छ ।

आफूलाई प्रचण्डको भान्जा दावी गर्दै आएपनि उक्त तथ्य झूठा सावित भइसकेको छ । उनले आफ्नो व्यवसाय हात पार्न प्रचण्डकै गाउँ चितवन मंगलपुर घर भएका कारण मामा नाता लगाउँदै आएका थिए । तर, प्रचण्ड परिवार स्रोतले घिमिरे थरका कुनै भान्जा नभएको जनाएसँगै सांसद गौतमसँग विवाह गर्ने गृहन्द्र शंकाको घेरामा परेका थिए ।

विवादास्पद छविका घिमिरेको सम्बन्धमा नेपालमै पनि टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा विभिन्न आरोपहरु लाग्ने गरेको छ ।

 

यस अन्तर्वाताको ३२ औं मिनेटमा गृहेनद्रले आफ्नी ग्रिष्मा नाम गरेकी छोरी भएको बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*