तुलसी थापाको नेतृत्वमा नेपाल कबड्डीमा नयाँ कार्य समिति चयन

२८ असार २०८०, बिहीबार ०८:४९

काठमाडौं । अखिल नेपाल कबड्डी संघको हालै सम्पन्न भएको दोस्रो साधारणसभाले तुलसी थापा नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले, दोस्रो साधारण सभाले थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी दिएको हो ।

नयाँ निर्वाचित कार्य समितिले एक महिनाभित्र कार्यालय व्यवस्थापन गर्ने निणर्य समेत गरेको छ । त्यस्तै, ६ महिनाभित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीहरुलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालिम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका निणर्य गरेको छ ।

त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दीर्घकालिन योजनासहित अघि बढ्ने निणर्य गरेको छ । साधारण सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद तुलसी थापाले कबड्डी संघले आफ्ना कामको प्रचार प्रसार गर्न नसकेको भन्दै सञ्चार माध्यमहरुलाई खेलकूदमा ध्यान दिन आग्रह गरिन् ।

थापाले भनिन्, ‘कबड्डी संघको बारेमा खासै प्रसार भएको देखिदैन् । त्यसैले हामी अगामी दिनमा के काम गर्छौ भन्ने कुराको जानकारीसहित हाम्रो कामको मुल्यांकन गर्दै राष्ट्रको लागि खेलकुद सधैँ रहिरहन्छ भन्न चाहान्छु ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*