अपर तामाकोशी हाइड्रोपावरको शत प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम मौका
२५ श्रावण २०८०, बिहीबार १०:३८

काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुको पखाईमा रहेको अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशतहकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसको कारण आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन् ।
कम्पनीलाई गत असार २२ गते नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ।