पाइप लाइनमा भएका सबै आईपिओहरु रोक्का गर्दै धितोपत्र बोर्ड, बदनाम भएपछि सच्चिने प्रयासमा अध्यक्ष हमाल

१६ कार्तिक २०८०, बिहीबार १६:०५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड इतिहासमा यति धेरै कलंकित र विवादित कहिल्यै बनेको थिएन । कारण घाटामा गएका कम्पनीहरुलाई आईपिओ र प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति, नेपाली बैंकिङ क्षेत्रमा रोकिएको एफपिओ पुनः खुल्ला गर्ने विवादित निर्णय आदि इत्यादि । चौतर्फी प्रहार, लेखा समितिको स्पष्टिकरणपछि नेपाल धितोपत्र बोर्डले पाइप लाइनमा भएका प्रिमियम मूल्यका आईपिओ तथा अन्य सबै आईपिओहरु रोक्का गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डका प्रबक्ता मुक्ति श्रेष्ठले अनुमति पाइसकेका कम्पनीहरुको प्रिमियम मूल्यका आईपिओ जारी हुने र पाइप लाइनमा रहेको सबै प्रकारका आईपिओ र एफपिओहरु समीक्षाका लागि रोकिएको पुष्टि गरे ।

बोर्डका अनुसार अनुमति पाइसकेका हिमालयन रि, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउस कम्पनीले आईपिओ निष्काशन गर्नेछन् । त्यस्तै सर्वोत्तम सिमेन्टको बुक बिल्डिङले पनि निष्काशन गर्नेछ । यस बाहेक अन्य पाइप लाइनमा रहेका कम्पनीहरुको आईपिओ प्रक्रिया तत्कालको लागि रोकिएको बोर्डले जनाएको छ । बोर्ड स्रोतले भन्यो, ‘धेरै विवाद भयो, समस्या पनि देखियो अब पाइप लाइनमा रहेका कम्पनीहरुको अब रिभ्यु गरेर मात्रै थप निर्णय गर्छौ ।’

बोर्डले बजारमा शेयरको धेरै सप्लाई भएकोले मूल्य घटेर लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई सरापेकोले बच्न यस्तो गरेको तर्क उच्च अधिकारी गर्छन । तर, यति मात्रै कारण छैन । लेखा समितिले हिजो सोधेको स्पष्टिकरण, सञ्चार माध्यमहरुमा आइरहेका समाचार र पछिल्लो पटक घुस सेटिङमा प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न अनुमति दिएकोमा तीन दिनमा प्रिमियम मूल्य भन्दा तल झरेपछि सेबोन मात्रै नभएर सेबोनका अध्यक्ष रमेश हमालको कार्यक्षेमतामाथि गम्भिर नैतिक प्रश्न उब्जाएको छ ।

 

अन्ततः अर्बपति भएर पनि केही हजार तलव थापेर अर्बौको शेयरमा घोटाला गर्ने रमेश हमाल ढिलै भए पनि सच्चिने बाटोमा आउन खोजेका छन् । अर्थात कालोपोतिएको अनुहार लुकाउने ठाउँ खोजेको रुपमा धितोपत्र बोर्डको नयाँ निर्णयलाई हेरिएको छ । तर, प्रश्न अझै बाँकी छ, संविधानको प्रस्तावना बमोजिम आम नेपालीहरुलाई पब्लिक कम्पनीको मालिक बनाउने यसअघिको गम्भिर समीक्षा पछिको व्यवस्था पुनः पूर्ववत अवस्थामा फर्काउन हमाल तयार छन् कि छैनन् ?

 

——-0——0———

प्रिमियममा आईपीओ अनुमति दिने दुई धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई लेखा समितिको स्पष्टीकरण

——-0——0———

शेयर बजार अपराधीको कब्जामा, लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा, कसले सुनिदिने पीडा र ?

 

2 thoughts on “पाइप लाइनमा भएका सबै आईपिओहरु रोक्का गर्दै धितोपत्र बोर्ड, बदनाम भएपछि सच्चिने प्रयासमा अध्यक्ष हमाल

  1. S .D Amatya says:

    जुन निकाय पनि भ्रष्टाचारमा लिप्त भएकाेले नेपाली ले दुख पाएका छन्।धिताेपत्र भनु या शेयर लाई संचालन गर्ने खुबी नै नेपालमा नभयकाे जस्ताे देखिन्छ।लगानी कर्ता कति मर्कामा परेकाछन् याे सरकार रमिते भयरबस्नु लाजमर्दाे छ।जहाँ खल्ती भरिन्छ त्यहाँ मात्रै हात हाल्ने जनता खुशी र सुखी देख्न नसक्ने सरकारनेपालीकाे लागि बाेझ बनेकाेछ।असफल राष्ट्र हुदैछ।राष्ट्र लाई भिखारी बनायर बाेझ बन्दैछ।

  2. Bizzu says:

    हमालले टन्नै गु खाए भन्दा अनुपयुक्त हुनेछैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*