वर्षदिनदेखि आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले उपभोक्ता ठगी गरेको खुलासा, अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य घटाइएन

१४ मंसिर २०८०, बिहीबार १३:१५

काठमाडौं । नेपाली कांग्रेस त्यो पनि प्रकाशमान सिंहको कोटामा नेपाल आयल निगमको प्रबन्ध निर्देशक बनेका उमेश प्रसाद थानी यतिबेला जनतालाई दिन दहाडै ठगी गर्ने धन्द्यामा व्यस्त बनेको खुलेको छ । निगमको कार्यकारी अधिकार प्राप्त थानीले विगत एक वर्षदेखि उपभोक्तालाई अचाक्ली महंगो मूल्यमा इन्धन खरिद गर्न बाध्य पारेर ठगी गरेको खुलासा भएको हो ।

भारतसँग गरिएको सम्झौता अनुसार नेपालले लागत मूल्यमा थोरै मात्रै मुनाफा दिएर आईओसीसँग इन्धन खरिद गर्न पाउने व्यवस्था छ । तर, सो विपरित निगमका प्रबन्ध निर्देशक थानीले भारतीय आयल निगमबाटै महंगो मूल्य लगाएर कमिशन हात पार्न सफल भएका थिए । सो काण्डबारे बीमापोष्टले एक वर्ष अघि नै सविस्तार समाचार प्रकाशित गरेको थियो ।

विगत एक वर्षदेखि आयल निगमले अन्तर्राष्ट्रिय मूल्य घटे अनुसार नेपालको इन्धनको मूल्य समायोजन नगरेको खुलेको छ । गत दशैं अघि प्रधानमन्त्री कार्यालयले सो विषयमा जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डको कडा निर्देशनपछि दशैंअघि कथित अटोमेशन प्रणाली हटाउँदै मूल्य घटाइएको थियो । अहिले विगत एक वर्षदेखि असाध्यै महंगो मूल्यमा इन्धन बिक्री गर्दै आएको निगमले अन्तर्राष्ट्रय मूल्य अनुसार मूल्य नघटाई ठगी गरेको खुलेको हो । बाणिज्य कानुन अनुसार एकाधिकार प्राप्त संस्थाले त्यसरी जनता ठगी गर्ने कार्यलाई अपराध मानिन्छ । बाणिज्य कानुन अनुसार कुनै पनि बस्तुमा २० प्रतिशतभन्दा बढि मुनाफा लिन नपाइने भएपनि आयल निगमले सो भन्दा बढि मुनाफा लिएर ठगी गर्दै आएको पाइएको छ ।

देशमा इन्धन कारोबारको एकाधिकार प्राप्त संस्था निगमले अन्तर्राष्ट्रिय मूल्यमा उच्च गिरावट आएपनि उपभोक्तालाई ठगी गर्ने उद्देश्यले महंगो मूल्यमा इन्धन बिक्री गर्दै आइरहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार निगमका थानीले यस बीचमा करिब ४९ अर्ब रुपैयाँ ऋण तिरिसकेका छन् । तर, उपभोक्तालाई महंगो मूल्य थोपरिएको इन्धनको दररेट अझै घटाउन आनाकानी गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो अवस्थामा इन्धनको मूल्य लगातार बढिरहेको छ । तर, गत जुलाईमा इन्धनको मूल्य प्रतिब्यारेल १६१ डलर पुगेको थियो । जुलाई, २०२२ पछि इन्धनको मूल्य लगातार घटेर डिसेम्वर २०२२ देखि प्रतिब्यारेल १०० हाराहारीमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको कारोबार भइरहेको छ ।

तर, देउवा पत्नी आरजु राणालाई मासिक करोडौं रुपैयाँ कमिशन बुझाउने गरी आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त भएका थानीले भ्रष्टाचार र सेटिङकै लागि जनतामाथि उपभोक्त अधिकार हनन् हुने गरी चर्को मूल्य असुली गरेको खुलेको छ । बीमापोष्टले गरेको अध्ययनको क्रममा गत वर्ष भारतमा भन्दा नेपालमा आउने इन्धन ३० प्रतिशत महंगो रेट लिएको खुलासा भएको थियो ।

 

लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

 

मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

 

आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

 

भारतद्धारा नेपाली उपभोक्तामाथि अपराध, उपभोक्तावादीहरु समेत प्रलोभनमा पर्दा जनता महंगीको मारमा

 

One thought on “वर्षदिनदेखि आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले उपभोक्ता ठगी गरेको खुलासा, अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य घटाइएन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*