भ्रष्टाचारमा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

२६ मंसिर २०८०, मंगलवार १६:४९

काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नुका साथै उनको बदमासीबारे बीमापोष्टले लगातार समाचार प्रकाशन गरेसँगै मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले बुधबार २७ मंसिरबाट लागू हुनेगरी राजीनामा बुझाएको आपूर्तिमन्त्री रिजालको सचिवालयले जनाएको छ । नियुक्ति लिँदै थानीले शक्तिकेन्द्रलाई करोडौं रकम बुझाएको समेत आरोप लाग्दै आएको छ ।

यो पनि,

वर्षदिनदेखि आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले उपभोक्ता ठगी गरेको खुलासा, अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य घटाइएन

लागत बढेको भन्ने नेपाल आयल निगमको दावी झूठा, आईओसीसँगको नक्कली खरिद मूल्य देखाई जनता झुक्याइदै

मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

आईओसीद्धारा भारत र नेपालका लागि फरक फरक मूल्य, सम्झौताविपरित नेपाललाई अत्याधिक महंगो दररेट

भारतद्धारा नेपाली उपभोक्तामाथि अपराध, उपभोक्तावादीहरु समेत प्रलोभनमा पर्दा जनता महंगीको मारमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*