स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा छन्: रामकुमारी झाँक्री

१५ पुष २०८०, आईतवार १२:१३

काठमाडौं । स्टकको एकाधिकार भएर होईन, पूँजी, प्रविधि र व्यवसायीकताको कमीले लगानीकर्ता मारमा परेको एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री बताँउछिन् ।

नयाँ स्टकको बिषयमा आम लगानीकर्ता कसरी मारमा परेका छन् भन्ने बिषयमा उनले आफनो सामाजिक संजाल फेसबुकमार्फत पोष्ट गरेर प्रस्तुत गरेकी छिन् ।नयाँ स्टक संचालन गर्ने वा नेप्सेलाई पुर्नसंरचना गरी संचालन गर्ने भन्ने विषयले बारम्बार चर्चा पाएको देखिन्छ।

बजारका बैंक, वित्तिय संस्था, ब्रोकरलाई नेप्सेको सेयर बाड्नु वा यिनै संस्थाहरूको संयुक्त लगानीमा अर्को स्टक खोल्नुले आजको अबस्थामा तात्त्विक फरक भनौ वा सकारात्मक प्रभाव पर्दैन।लामो समयको अध्ययन पछि निकालिएको निष्कर्ष भनेको हालको स्टक एक्सचेन्ज (नेप्से) को पूँजीलाई पुनरसंरचना गरी करीव ४९% सेयर विदेशी स्टकलाई रणनितीक साझेदारको रूपमा भित्राउनु हो।

जसले पूँजी, प्रविधि र प्रोफेशनालिज्म भित्राउन सहयोग गर्छ। यिनै नेपालीको पूँजीको पुनर्संरचना गरी बाँडफाँड गर्दा बिदेशी पूँजी, प्रविधि र ब्यवशायिक संस्कृति आउने कुरा भएन।घिसीमिटी चलेको नेप्से जस्तै अर्को स्टक चल्छ, दुबै स्टकमा नेपाली कम्पनी सूचीकृत हुन्छन, जसले केही समय लगानी कर्ता र ब्रोकरले सुन्निएर मोटाएको अनुभूति गर्छन्।

अन्तिममा ठगिने लगानी कर्तानै हुन। सरकार पनि यस्तै मान्छेको कुरामा बहकिएर निर्णय गर्छ। विगतमा यसबारे के भएको थियो हेर्दैन।विचार गरौ है, पूँजीबजारमा अधिक हिस्सा वित्तिय संस्थाको छ, त्यस पछि जलविधुतको, रियल सेक्टर र म्यानीफ्याक्चरीङ कम्पनी खै त नेपालमा लिस्टेड भएको?

अनि यति सानो पूँजीबजार स्टकको एकाधिकार भएर नचलेको होईन, पूँजी, प्रविधि र ब्यवसायिकता नभएर लगानी कर्ताले ठगिनु परेको हो।धितोपत्र बोर्डमा यस्तै गैह्रव्यवशायिक मान्छेको नियुक्ति, नेप्सेमा प्रोफेसनल ईथिक्स भएको मान्छे नदिने अनि कसरी आउँछ प्रोफेसनालिज्म? विचार गरौ समय छ है।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*