गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

१५ चैत्र २०८०, बिहीबार १६:५६

काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरी संस्थापक रहेको चौधरी ग्रुपले सहकाल वर्षा र अन्नदाता देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित गुठीको जग्गा हडपेसँगै झण्डै १७ सय वर्ष पूरानो रातोमत्स्येन्द्रनाथको जात्रा नै रोकिने संकट उत्पन्न भएको छ ।

मत्स्येन्द्रनाथको रथ निर्माण गर्ने महत्वपूर्ण ञवा गुठीका गुठियारहरुले ललितपुरको पुल्चोकस्थित ३ नम्बर वडामा साविक ४ रोपनी ४ आना १ पैसा रहेको सार्वजनिक जग्गा चौधरी ग्रुपले न्यायालयसमेतको सेटिङमा कब्जा गरेर जम्माजम्मी २ आनामा सिमित गराएको छ ।

ञवा गुठीका गुठियारहरुले रथ निर्माण पूर्व सर्व जीव कल्याण तथा हितमा कुनै बाधा नहोस् भनी उक्त जग्गामा अवस्थित कूल देवताको अनिवार्य पूजा गर्नु पर्नेमा आफुहरुलाई देवल वरिपरि घुम्ने तथा प्रसाद ग्रहण गर्ने ठाउँ समेत नबचेको र अतिक्रमण गर्ने पक्षबाट बारम्बार कूल देवताको मूर्ति उखेलेर फाल्ने धम्की आइरहेको भन्दै अब उपरान्त रातो मत्स्येनद्रनाथको रथ निर्माण गर्न नसकिने भन्दै गुठी संस्थान र ज्यापु समाज ‘यल’ अर्थात् ललितपुरलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले सहजपूर्ण ढंगले कुल देवताको नित्य पूर्जा गर्ने अवस्था सिर्जना गरि गुठी र उक्त भूमिको महत्व स्थापित गर्न तथा निकास निकालिदिन भन्दै संस्थान र ज्यापु समाजलाई आग्रह गरेका छन् । त्यसो नभए आफुहरुले यो वर्षदेखि मत्स्येन्द्रनाथको रथ निर्माण गर्न नसक्ने जानकारी दुवै संस्थालाई दिएका छन् ।

झण्डै १७ सय वर्षअघि भारतको कामाख्याबाट नौ नाग आसनको तपस्यामा लीन रहेका गोरखनाथलाई तपस्याबाट उठाई नागलाई आ–आफ्नो यथा स्थानमा बास गराई वर्षा गराउन सफल भएको र लोकलाई अनिकालबाट जोगाएको किम्वदन्तीसँग जोडेर रातो मत्स्येन्द्रनाथलाई रथमा सवार गराइएको ऐतिहासिक वंशावली समेतको प्रमाण छ । तर, चौधरी समूह जस्तो व्यापारिक घरानाले त्यस्ता ऐतिहासिक सम्पदाको अस्तित्व नै निमिट्यान्न पार्ने गरी ऐतिहासिक गुठीले भोगचलन गर्दै आइरहेको सार्वजनिक जग्गा हडपेर दादागिरीको कीर्तिमान बनाएको छ ।

२०२१ सालको नापी अनुसार ४३ नम्बर नम्बर कित्तामा रहेको ञवाल देवाली गुठीसहितको भोगचलनमा रहेको पुल्चोकस्थित ४ रोपनी ४ आना १ पैसा पर्ति जग्गा २०६६ सालमा आएर ५ टुक्रा पारी कब्जा गरेको पाइएको छ । यो सार्वजनिक एवं सरकारी जग्गा अहिले विनोद चौधरीका भाइ अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजका नाममा छ ।

२०५८/०५९ मा हिमालयन इन्टरप्राइजेजको नाममा आउनुअघिसम्म यो जग्गा पर्ति भएको मातपोत कार्यालय ललितपुरले उपलब्ध गराएको कागजातमा उल्लेख छ । सीजी समूहको कर्पोरेट कार्यालय पुग्न झण्डै १०० मिटर अगाडि नै पर्ने ञवालहरुको कुल पूजा गर्ने देवस्थल भएको जग्गा विनोद चौधरीको डिजाइनमा अरुण चौधरी अध्यक्ष रहेको हिमालयन इन्टरप्राइजेजले कब्जा गरेको हो ।

ललितपुरका तत्कालीन मेयर बुद्धीराज बज्राचार्यलाई चौधरी समूहले आठ आना जग्गाको अफर दिएका कारण पनि यसको मुख्य डिजाइनर विनोद चौधरी नै भएको पुष्टि हुन्छ । तत्कालीन मेयर बज्राचार्यले एउटै कित्तामा रहेको ४३ नम्बरको ४ रोपनी ४ आना १ पैसा जग्गा पर्ति नै रहेको पुष्टि हुने थुप्रै प्रमाणहरु रहेको बताएका छन् ।

नजिकै ललितपुर महानगरको ३ नम्बर वडा कार्यालय छ । वडा कार्यालय छेउको सरकारी जग्गासँगै चौधरी समूहको हाउजिङ बन्दैछ । त्यो हाउजिङ पुग्नु अगावैको जग्गामा ञवालहरुको कुल देवताको देवस्थल छ । जुन अहिले साँघुरो २ आनाको टुक्रामा खुम्चिएको छ । अरुण चौधरीले आफ्ना कानून व्यवसायी र प्रतिनिधि पठाएर पटक–पटक कुलदेवता हटाउन भनिरहेका छन् । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन भने मौन छन् । गुठियारले पटक–पटक दोहोरो वार्ताका लागि सहजीकरण गरिदिन आग्रह गर्दा समेत चिरिबाबु चुइँक्क बोल्दैनन् । कुनै समय ३ नम्बर वडाको वडाध्यक्ष भएका चिरिबाबु संयोगले अहिले मेयर छन् । उनको यो लगातार दोस्रो कार्यकाल समेत हो ।

सर्वोच्च अदालतले २०६२ कार्तिक १ गते अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गालाई हिमालयन इन्टरप्राइजेज प्रालिको नाममा दर्ता गर्न दिएको र सोही आदेशको जगमा २०६६ माघ ७ गते ललितपुर मालपोत कार्यालयले कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा दिएको देखिएको छ ।

यो जग्गालाई हकदावी गर्न पुगेका गोपाल शमशेर जबरा र गौरीशंकर जबरासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले २०७९ फागुन २३ गते पुनः अन्तिम फैसला गर्दै कित्ता नम्बर ४३ को सार्वजनिक पर्ति जग्गाको कित्ताकाट र हिमालयन इन्टरप्राइजेजको नाममा हुने यसअघिको फैसलालाई सदर गरेको देखिएको छ ।

अरुण चौधरी पक्षले यो जग्गा श्रीधरशमशेर जबराको हुने सर्वोच्चको ‘त्रुटिपूर्ण’फैसला बमोजिम हिमालयन इन्टरप्राइजेज प्रालिको नामका आएको जिकिर गरिरहेको छ । उसले अहिले जसले कुरा उठाए पनि सर्वोच्चको फैसला देखाएर पन्छिने गरेको छ ।

सम्बन्धित समाचार

पुल्चोकको ४-‘४’ रोपनी सरकारी जग्गा चौधरी ग्रुपको कब्जामा, सर्वोच्चको फैसला बमोजिम आफ्नो भएको दावी

10 thoughts on “गुठीको जग्गा चौधरी ग्रुपले कब्जा गरेपछि रातो मत्स्येन्द्रनाथको जात्रा संकटमा, यो वर्षदेखि ‘रथ निर्माण नहुने’

  1. Jebindra says:

    Yo aati vayo Khali jaga dekhnai nahune k vayeko hola . Huna ta hamro pani galti cha. Kasari huncha thaha nadi aaphno banaune ra bechne.

  2. स.ध्व. शेस्ठ says:

    जब ललितपुर उपमहानगरपालिका को मेयर नै मौवन समर्थन गरेर बसोछ र हाम्रो न्यायाधीश हरु नै देवताको गुठी जग्गा हडपेको थाहा हुदा हुदै उसैको पक्षमा फैसला दिन्छ भने जनताले कस्लाई गुहार्ने? नैतिकता हराए पछि पैसा सबै भन्दा बलवान हुदो रहेछ यो गणतन्त्र नेपाल मा।

  3. Sadim Mj says:

    अनि नेवा को मात्रै कसरी विश्वास गर्ने, @ राम्रो भाउ पाए, संसकृति, सभ्यता, सम्पदाको के कुरा … आफैंलाई बेच्छन् ।
    ©© मुद्दा त उही, जसरी भएपनि, जहाँबाट पनि भाग चाहियो … बस ।।
    होइनन् भने, बलत्कार वा मृत्यु पछिको @ क्षतिपूर्तिको पर्खाइ किन ??

  4. Liben Tuladhar says:

    Ke ko sarkaar ko jagga janata ko jagga sab janata jatra ma pulchwok gayera birodh jatra nikalnu parcha.

  5. Subash bajracharya says:

    YO MUDDA MA LADDNU NEI XA NEWA SAMUDAYE LE , SABEI JASO THAUMA GHUTI JAGGA JARU MARWADI SAMUHA LE KABJA GARDEI XAN , SANEPA MA NI TESTEI NEI BIJOK XA , AABA PANI HAR MANNEY HO VANEY NEWA SAVETA SAKINE XA MARWADI WA CG GROUP ANTARGAT KO , BANK , GROCERY, ELECTRONICS , CLOTHING, FOOD N BEVERAGE BAHISKAR GARUM RA GUTHI ATIKRAMAN KO LAGI DESH BYAPI LADAU.

  6. Sati says:

    जब सम्म काट्टो खाने बाहुन हरु न्यायालय, नापी, गुठि संस्थान मा हुन्छन, यो देश बेच्ने, काट्ने र खाने बाहेक अरु केहि पनि बाकी रहदैन !!

  7. खिम प्रसाद भन्डारी says:

    यो वास्तवमा उधोगपति होईन रहेछ? यो नेपालको १नं तष्कर पति रहेछ, यसको भंडाफोर गर्नुपर्छ। खोज्दै जानुपर्छ,यसका अरुपनि धरै कर्तुत हरु हुन सक्छन्।

  8. तोरण कार्की says:

    के प्रतिक्रिया दिनु!सरकारमा बस्नेहरु यो देशका मानिस नै होईनन् कि भन्ने आभाष पाईन्छ!सरकारी र गुठीको जग्गा कब्जागरेर नै बिनोद चौधरी वा चौधरी ग्रुपको अमेरिकी पत्रिका फोबमा अर्बपतिमा सु चिकृत भएका रहेछन!जहिले देखि यो देशमा चोर र डाकाहरु शासनमा पुगे त्यस पछि देशै लथालिङ्ग पारे यहि हो मेरो प्रतिकृया,तुरुन्त सरकार र गुठीले ती जग्गा जमिन जस्ताकोतस्तै फिर्तागराउनु पर्यो! र त्यस्तो बदमासीगर्नेहरुको पहिचान गरी आवश्यक कानुनी कार्यवाही शुरुहुनु पर्यो!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*