शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थानको यस्तो छ १३औं वार्षिक साधारण सभा ‘माइन्युट’

९ बैशाख २०८१, आईतवार ११:४६

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा सम्पन्न भएको हो ।

कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको थिएन् । सोहि कारण यस वर्ष शेयरधनीहरुको हात रित्तो भएको छ । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाह तथा इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणमा छलफल गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएका छन्।

भविष्यमा उपयुक्त अन्य लघुवित्त संस्थासँग मर्जरका लागि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने तथा संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका एजेण्डा समेत सभाले पारित गरेको हो ।

जनउत्थान सामुदायिक लघुवित्तका पाँच जना सञ्चालक चयन

जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*