गार्डियन माइक्रो लाइफको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो?
३० माघ २०८१, बुधबार १५:१४

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । बुधबार पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर ४४० रुपैयामा खरिद–बिक्री भएको छ ।
त्यस्तै, आज रिभर फल्स पावरको शेयरमूल्य ८.०२ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५९ प्रतिशत, ग्रीन डेभलपमेन्टको ७.४६ प्रतिशतले शेयरमूल्य बढेको छ । शेयर बजार बढेसँगै आज १३४ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।