श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
६ चैत्र २०८१, बुधबार ११:५४

काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्।
यसैक्रममा, बीरेन्द्रनगर नगरपालीका ९ निवासी दिनेश पोखरेलले आफ्नो श्रीमती सुशीला न्यौपानेको ३५औं जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्योरेन्सको बीरेन्द्रनगर शाखा कार्यालयबाट १५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।