फर्जी अनुभवको प्रमाणपत्र पेश गर्ने बीमा प्राधिकरणका अध्यक्षमाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, आजैबाट निलम्वन

३० असार २०८२, सोमबार २०:४३

काठमाडौं । फर्जी कागजात पेश गरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्ती हुँदा कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाण पत्र पेश गरेको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदले छानविन गर्ने निर्णय गरेको छ ।

सरकारले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको हो । छानविन समिति गठन भए लगत्तै अध्यक्ष ओझा निलम्वनमा परेका छन् ।

बीमा ऐनको दफा १२ को उपदफा ३ मा नेपाल सरकारले छानिविन समिति बनाए लगत्तै प्राधिकरणका अध्यक्ष स्वतः निलम्वन हुने व्यवस्था छ ।

उक्त छानविन समितिमा बीमा प्राधिकरणकै पूर्व सञ्चालक कपिलदेव ओली र जीवन प्रकाश सिटौला सदस्य रहेका छन् । उनीहले तीन महिनाभित्रमा सरकारलाई प्रतिवेदन पेश गर्नेछन् ।
यसैबीच, सरकारले बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सह सचिव सेवन्तक पोखरेललाई तोकेको छ ।

अध्यक्ष ओझा दुई दिनदेखि बीमा प्राधिकरणबाट ज्वरो आएको भन्दै उपस्थित भएका थिएनन् ।

 

योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !

 

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

 

बीमाका अध्यक्ष ओझा नियुक्ति काण्डमा मुख्य सचिव अर्याल र अर्थसचिव उपाध्यायको पद संकटमा

 

फर्जी कागजातबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविनका लागि संसदीय समिति माग

 

झुठो विवरण बुझाएको ठहरिए बीमाका अध्यक्षमाथि हुनसक्छ जेल र जरिबाना, भ्रष्टाचार निवारण ऐनमा के छ?

 

 

 

One thought on “फर्जी अनुभवको प्रमाणपत्र पेश गर्ने बीमा प्राधिकरणका अध्यक्षमाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, आजैबाट निलम्वन

  1. Satyendra lion says:

    पाप धुरीबाट कराउछ पिडीत लाई पिडा

Leave a Reply to Satyendra lion Cancel reply

Your email address will not be published. Required fields are marked *


*