अप्पर स्याँङ्गे हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

१९ श्रावण २०८३, मंगलवार १०:१०

काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

अप्पर स्याँङ्गे हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको गत असोज ९ गते बसेको नवौं वार्षिक साधारणसभाले स्वीकृत गरिसकेको छ ।

सोही बमोजिम हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*