बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो, कुनको कति ?

२० श्रावण २०८३, बुधबार १५:१६

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७९ अकंले बढेर २६६७.९७ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ८७ रुपैयाँले बढेर ६७२ रुपैयाँ पुगेको हो ।

साथै, शिखर पावरको ५.९१ प्रतिशत, रिडि पावरको ५.७९ प्रतिशत, बुद्धभुमि नेपालको ४.६८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*