पहिरोले बन्द भएको ईङवा हाइड्रोपावरको एउटा युनिट सञ्चालनमा

२२ श्रावण २०८३, शुक्रबार १०:५५

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आयोजना मर्मतसम्भार पछि दुईवटा युनिटमध्ये युनिट–१ बाट विद्युत उत्पादन शुरु भएको छ ।

ईङवा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको ९.७ मे.वा को माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनामा गत जेठ ९ गते आएको वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएको थियो ।

बाढी तथा पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइन लगायतका विभिन्न संरचनामा ठूलो क्षति भई आयोजनाको प्लान्ट समेत बन्द रहेको अवस्थामा आयोजनाको मर्मतसम्भार गरेपछि साउन २१ गते साँझ ७ः१७ बजेबाट दुई युनिटमध्ये युनिट–१ सञ्चालन भई विद्युत उत्पादन शुरु भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*