शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२२ श्रावण २०८३, शुक्रबार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०५ अकंले बढेर २६५०.०९ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड २ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ८८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
शुक्रबार ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । अन्य कम्पनीहरु एचएलआई लार्ज क्यापको ५.१८ प्रतिशत, एनआईसी एशिया फण्डको ५.१६ प्रतिशत, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।












