झापा इनर्जीको विद्युत उत्पादन पुनः शुरु
२६ श्रावण २०८३, मंगलवार १०:५९

काठमाडौं । झापा इनर्जी लिमिटेडको विद्युत उत्पादन पुनः शुरु भएको छ । गत जेठमा इन्भर्टरमा आगलागी भई ५ मे.वा विद्युत क्षमताको उत्पादन बन्द भएकोमा सोलाई मर्मत गरी पुनः उत्पादन सुचारु भएको हो ।
कम्पनीले झापाको शिवसताक्षीमा निर्माण गरी सञ्चालनमा रहेको १० मे.वा क्षमताको ग्रीडमा आवद्ध सौर्य विद्युत आयोजनामा जडित २ वटा ५ एमभीए क्षमताको इन्भर्टरमध्ये एउटा इन्भर्टरमा गत जेठ १८ गते आगलागी भएको थियो ।
दिउँसो १ बजेर ४२ मिनेटमा आगलागी भई ५ मे.वा विद्युत उत्पादन अवरुद्ध हुन पुगेकोमा मर्मत सम्भारको कार्य सम्पन्न गरी अहिले आयोजनाबाट जडित पूर्ण १० मे.वा क्षमताको विद्युत उत्पादन शुरु भएको हो ।











