सुस्त पूँजी बजारमा झिनो सुधार, कारोबार साढे ३ अर्ब मात्रै

२७ श्रावण २०८३, बुधबार १५:०४

काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको देखिएको छ। नेप्से परिसूचकमा उल्लेख्य सुधार आउन नसक्नुका साथै दैनिक कारोबार रकम पनि घटेपछि बजारमा सुस्तता देखिएको हो।

बजारले स्पष्ट दिशा लिन नसकेपछि लगानीकर्ताहरू नयाँ लगानी थप्नुभन्दा जोखिम कम गर्ने र अवस्था हेरेर मात्रै निर्णय गर्ने अवस्थामा पुगेका छन्। यसले बजारमा खरिदको माग कमजोर बनाउँदै लगेको छ।

यसअघिको वृद्धिबाट नाफामा रहेका केही लगानीकर्ताले बजार थप बढ्ने निश्चित नभएपछि नाफा सुरक्षित गर्न शेयर बेच्न थालेका छन्। अर्कोतर्फ नयाँ लगानीकर्ता भने बजार केही स्थिर भएपछि प्रवेश गर्ने प्रतीक्षामा छन्।

सरकार, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा बालेन शाहलगायतबाट पूँजी बजार सुधार र लगानीमैत्री वातावरण बनाउने विषयमा सकारात्मक धारणा आए पनि त्यसको प्रभाव बजारमा तत्काल देखिन सकेको छैन।

आज बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा कायम भएको छ। यसदिन ३४८ सूचीकृत कम्पनीहरूको ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने ८ उपसूचक राताम्मे बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*