सात वर्षपछि एनआरएन डेभलपमेन्ट फण्डको ८.५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुल्यो

२७ श्रावण २०८३, बुधबार १६:०८

काठमाडौं । विगत सात वर्षदेखिको निरन्तर प्रयास र कानुनी अड्चनहरूको समाधानपछि एनआरएन डेभलपमेन्ट फण्डु ले ८।५ अर्बको विदेशी मुद्रामा आईपीओ ल्याउने बाटो खुलेको छ ।

मंगलबार सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा महत्वपूर्ण संशोधन गरेसँगै यो फण्डले आफ्नो कुल पूँजीको ८५ प्रतिशत हिस्सा साधारण शेयर ९क्ष्एइ० मार्फत गैर आवासीय नेपालीहरूबाट संकलन गर्ने बाटो खुलेको हो। एनआरएनएका पूर्वअध्यक्ष कुमार पन्तले सामाजिक सञ्जालमार्फत यो सात वर्षको अथक मेहेनतको सुखद परिणाम भएको बताउँदै नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा यसले कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन्।

सामान्यतया नेपालका कम्पनीहरूले १० देखि ४९ प्रतिशतसम्म मात्र आईपीओ निष्कासन गर्ने प्रचलन छ। तर, एनआरएन डेभलपमेन्ट फण्डको हकमा सरकारले विशेष कानुनी व्यवस्था गर्दै ८५ प्रतिशतसम्म शेयर सर्वसाधारण लाई दिन सकिने व्यवस्था नियमावली संशोधन मार्फत गरिदिएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*