मर्जर र सञ्चालक निर्वाचनको प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

२९ श्रावण २०८३, शुक्रबार ११:०१

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेश हुनेछ।

सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, अघिल्लो आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण सञ्चालकहरूको कार्यकाल अनुमोदन गर्ने सामान्य प्रस्ताव पेश हुनेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले भदौ ९ गते मंगलबार शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने जनाएको छ। बुक क्लोजको आधारमा भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम शेयरधनी साधारणसभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*