एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरूको लाभांश घोषणा, कुनको कति?

१ भाद्र २०८३, सोमबार १०:३२

काठमाडौं । कोष प्रवर्द्धक एनएमिब बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमिब क्यापिटल लिमिटेड रही एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटा म्युचुअल फण्डहरूको लाभांश घोषणा भएको छ ।

एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबि हाइब्रिड फण्ड एल–२ का इकाईधनीहरूका लागि लाभांश घोषणा भएको हो । एनएमबि फिफ्टीका इकाईधनीहरुका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–२ का लागि ४.५ प्रतिशत (कर सहित) नगद लाभांश घोषणा भएको हो ।

साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । बैठकले लाभांश वितरण प्रयोजनका लागि भदौ ८ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। अतः भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम भएका इकाईधनीहरूले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*