मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

१ भाद्र २०८३, सोमबार १०:५८

काठमाडौं । मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ २० गते भक्तपुरको बाराहीस्थिानमा दिउँसो १ बजे वार्षिक साधारणसभा बोलाएको छ।

सभामा सर्वसाधारणका लागि प्रारम्भिक शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र अन्य हाइड्रोपावर वा अन्य संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनी सचिव नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*